काठमाडौं। पछिल्लो २४ घण्टामा नेपालमा जम्मा १५८ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ८ हजार ९१८ जनाको परीक्षण गर्दा पीसीआर विधिबाट १५४ जना र एन्टिजेन विधिबाट ४ जनामा सङ्क्रमण पुष्टि भएको हो।
मन्त्रालयका अनुसार २४ घण्टामा ३४२ जना सङ्क्रमणमुक्त भएका छन्। हालसम्म कूल सङ्क्रमितमध्ये ८ लाख २ हजार ३८९ जना निको भइसकेका छन्। नेपालमा निको हुने दर ९७.७ प्रतिशत रहेको छ। हाल देशभर ६ हजार ९६६ जना सक्रिय सङ्क्रमित रहेका छन्।
यस्तै, थप २ जनाले कोरोना सङ्क्रमणबाट ज्यान गुमाएका छन्। योसँगै कोभिड–१९ संक्रमणबाट ज्यान गुमाउनेको कूल सङ्ख्या ११ हजार ५२३ पुगेको छ।