आइतवार, आश्विन २५ गते २०८३

विपक्षी गठबन्धनबाट अलग भयो एमालेको नेपाल समुह

सोमवार , आषाढ २८, २०७८

काठमाडौं । नेकपा एमालेको माधव नेपाल समूह विपक्षी गठबन्धनबाट अलग भएको छ । साँझ बसेको गठबन्धनको बैठकमा एमाले वरिष्ठ नेता माधव नेपालले यसको जानकारी गराएका हुन् । 

अहिलेसम्म लोकतन्त्र र संविधानको रक्षाका लागि आफूले साथ दिएको र अहिले परिस्थिती फेरिएकाले गठबन्धनमा रहन नसक्ने भन्दै गठबन्धनबाट बाहिरने निर्णय गरेको जनाइएको छ ।

पार्टी एकता प्रक्रिया अघि बढेकाले अहिलेको अवस्थामा विपक्षी गठबन्धनमा रहन नसकिने नेपाल पक्षीय नेता रघुजी पन्तले जानकारी दिए । अब कसरी अघि बढ्ने भन्ने विषयमा पार्टीको एकतावद्ध निर्णयबाट गरिने उनले बताए । 

संसद पुनर्स्थापना र कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन परमादेश दिएपछि विपक्षी गठबन्धनको बैठक साँझ कोटेश्वरमा बसेको थियो । 

सम्बन्धित विषय:

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार