आइतवार, श्रावण २४ गते २०८३

धादिङमा सापकोटाको सानदार जित

सोमवार , मंसिर १३, २०७८

काठमाडौं। नेपाली कांग्रेसको धादिङको निर्वाचनबाट समावेशी कोटामा अत्याधिक मत ल्याएर केन्द्रीय महाधिवेशन प्रतिनिधिमा बाबुकृष्ण सापकोटा विजयी भएका छन्। गएराती सम्पन्न मतपरिणाममा सापकोटाले आफ्ना प्रतिष्पर्धी हर्कमान तामाङलाई १ सय १२ मतले पराजित गरे।

सापकोटाले १ हजार ६६ मत ल्याए भने तामाङले ९ सय ५४ मत पाए। सापकोटा जिल्लाका निवर्तमान कोषाध्यक्ष पनि हुन्। सापकोटा राजनीतिसँगै समाजसेवामा पनि सक्रिय रहेका छन् । उनले आफूले नयाँ जिम्मेवारी पाएको र आगामी दिनमा पार्टीको लागि थप सक्रिय भएर लागिरहने बताएका छन्।

सम्बन्धित विषय:

प्रतिक्रिया
सम्बन्धित समाचार