शुक्रवार, आश्विन २३ गते २०८३

देउवा नेतृत्वको सरकारमा जाने मन्त्रीको टुंगो लगाउँदै माओवादी केन्द्र

मंगलवार , आषाढ २९, २०७८

काठमाडौं। नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक बस्दैछ। 

बैठक अहिले केहि वेर पछि केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्ने अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका प्रेस संयोजक बिष्णु सापकोटाले जानकारी दिए।  

कांग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारमा पार्टीबाट सहभागी हुने मन्त्रीहरुको नाम टुंगो लगाउन अध्यक्ष प्रचण्डले छलफलका लागि स्थायी कमिटीको बैठक बोलाएको सापकोटाको भनाइ छ। 

माओवादीको तर्फबाट मन्त्री छान्ने जिम्मा पार्टीले अध्यक्ष प्रचण्डलाई दिएको पार्टीका नेताहरुले बताएका छन्। 

सम्बन्धित विषय:

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार