शुक्रवार, आश्विन २३ गते २०८३

एमाले महाधिवेशन : नेताहरु उम्मेदवारी फिर्ता गराउन जुट्दा मतदान  मध्यरातमा हुने

सोमवार , मंसिर १३, २०७८

काठमाडौं। एमालेको चितवनमा जारी महाधिवेशन अन्तरगत आगामी पदाधिकारीका लागी हुन लागेको निर्वाचन मध्यरातमा हुने भएको छ। सर्वसम्मति हुन नसकेपछि विभिन्न पदमा हुन लागको निर्वाचन ९ बजेका लागी तोकिएको छ। 

तर नेताहरु उम्मेदवारी दिएकाहरुलाई उम्मेदवारी फिर्ता गराउन फकाउन जुटेपछि मतदान हुने समय धकेलिएको छ। अहिलेसम्म पनि उम्मेदवारको अन्तिम नामावली सार्वजनिक गरिएको छैन।

उम्मेदवारी फिर्ता गराउन नेताहरू जुटेका छन्।  अध्यक्षमा केपी शर्मा ओली र डा. भीम रावलबीच प्रतिस्पर्धा हुने भएको छ भने उपाध्यक्ष खुलातर्फ ६ पदका लागि ७ जनाले उम्मेदवारी दिएका छन्। 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार