शुक्रवार, आश्विन २३ गते २०८३

कांग्रेस भक्तपुरको सभापतिमा देउवा पक्षिय थापा पुन: निर्वाचित

मंगलवार , मंसिर १४, २०७८

भक्तपुर । नेपाली कांग्रेस भक्तपुरको सभापतिमा पुन: दुर्लभ थापा निर्वाचित भएका छन्।

वर्तमान सभापति समेत रहेका थापा केन्द्रीय सभापति शेरबहादुर देउवा पक्षीय संस्थापन पक्षका नेता हुन। उनले ५५५ मत प्राप्त गरे। उनका प्रतिष्पर्धी अष्टकुमार कवेले ४४२ मत प्राप्त गरे। कवे संस्थापन इत्तर पक्ष नेता प्रकाशमान सिंह निकटका हुन्। 

कांग्रेसको १३ औं महाधिवेशन अन्तर्गत भएको जिल्ला अधिवेशनमा पनि थापा र कवेबीच जिल्ला सभापतिका लागि प्रतिष्पर्धा भएको थियो। त्यसबेला पनि थापाले कवेलाई पराजित गरेको थियो। जिल्ला कार्यसमितिमा पनि थापा समूह नै विजयी भए।

उपसभापतिमा थापा समूहकै विजेश अवाल र उर्मिला वन निर्वाचित भए। अवालले ५५९ र वनले ५१४ मत प्राप्त गरे। सचिवमा सुशिल बस्नेत ५५२ र राजेश खड्का ४८५ मतका साथ निर्वाचित भए। सहसचिवमा यादवप्रसाद अधिकारी र कृष्णमुरारी न्यौपानेले निर्वाचित भए। अधिकारीले ५७४ र न्यौपानेले ५१४ मत प्राप्त गरे।

जिल्ला सदस्यमा थापा समूहबाट मध्यपुर थिमि नगरपालिकाबाट रमिला कपाली, देवेन्द्र श्रेष्ठ र राजेश मानन्धर, सूर्यविनायक नगरपालिकाबाट ललिता धिताल, जिवन श्रेष्ठ, दिपेन्द्रकुमार थापा मगर, भक्तपुर नगरपालिकाबाट रजनी किसिजु, धर्मरत्न खाईतु र रामबहादुर कासुला, चाँगुनारायण नगरपालिकाबाट कल्पना लामिछाने, प्रेम खत्री, समानुपातिका आदीवासी जनजातीबाट रोशनी तामाङ, दिललक्ष्मी कायष्थ, रामेश्वर ध्वजुँ, धनबहादुर थिङ र रामप्रसाद धौवञ्जार, समानुपातिक खसआर्यबाट सिर्जना केसी, देवेन्द्र न्यौपाने, अच्युत अधिकारी, दलित खुल्लाबाट मनिता नेपाली, अपाङ्गबाट शशि बस्नेत र मधेशीबाट राम दिनेशलाल कर्ण निर्वाचित भए।

जिल्ला सदस्यमा चाँगुनारायण नगरपालिकाबाट कवे समूहका उमेशकुमार खड्का निर्वाचित भए। त्यस्तै प्रतिनिधिसभा क्षेत्र नं। २ को कार्यसमिति सदस्यमा कवे समूहका विरबहादुर विश्वकर्मा निर्वाचित भए।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार