काठमाडौं। नेकपा ९एमाले०को नयाँ नेतृत्वका लागि भइरहेको चुनावमा केपी शर्मा ओलीले पेश गरेका पदाधिकारी तथा समस्यबाहेकका उम्मेदवारलाई मत नहाल्न संकेत गरिएको पत्र मतदाताहरूलाई वितरण गरिएको छ।
मतदान भइराख्दा अध्यक्षका प्रत्यासी ओलीका कार्यकर्ताले उक्त पत्र वितरण गरेका हुन्। उक्त पत्रमा अध्यक्षका उम्मेदवार भीम रावल‚ उपाध्यक्षका उम्मेदवार घनश्याम भुसाल‚ सचिवका उम्मेदवार भीम आचार्य र टंक कार्कीलाई मतदान नगर्न अंकित गरिएको छ।
यसैगरी प्रदेश १ खुला सदस्यमा भाष्कर काफ्ले, प्रदेश १ महिला सदस्यमा नीरा खनाल, सुदूरपश्चिम प्रदेश महिला सदस्यमा पशुपति कुँवर र मञ्जु मलासी, दलित खुला सदस्यमा नरबहादुर विक र थारु खुला सदस्यमा जयप्रकाश थारु तथा पिछडिएको क्षेत्रबाट सदस्यका उम्मेदवार भरत साउदलाई पनि भोट नहाल्न भनिएको छ ।
यस कार्यप्रति घनश्याम भुसालले आपत्ति जनाएका छन्। यस्तै‚ भोट हाल्न दवाव दिएको भन्दै प्रतिनिधिहरूले पनि आपत्ति जनाएका छन। उनीहरूले स्वतस्फूर्त रुपमा मत हाल्ने अधिकारमा हस्तक्षेप भएको बताएका छन्।