शुक्रवार, आश्विन २३ गते २०८३

कांग्रेस केन्द्रीय सदस्यमा उम्मेद्वारी घोषणा गरेका शाह निर्वाचनमा होमिए

मंगलवार , मंसिर १४, २०७८

कैलाली। “नीति र नेतृत्वमा हाम्रो प्रवेश, सशक्त कांग्रेस समृद्ध देश” भन्ने मूल नाराका नेपाली काँग्रेसको १४ औं महाधिवेशनमा केन्द्रीय सदस्य पदमा उम्मेद्वारी घोषणा गरेका यूवा नेता कमलबहादुर शाह निर्वाचनमा होमिएका छन।

गृह जिल्लामा पत्रकार सम्मेलनमा यूवा नेता शाहले केन्द्रीय सदस्य पदको लागि उम्मेदवारी घोषणासँगै निर्वाचनमा होमिएका हुन। यस अघि केन्द्रीय राजधानीमा आयोजित शिर्ष नेताहरुको भेलामा यूवा नेता शाहले केन्द्रीय सदस्यमा उमेद्वारी दिने घोषणा गरेका थिए।

निर्वाचन भएका क्षेत्र तथा जिल्ला पदाधिकारी र केन्द्रीय महाधिवेशन प्रतिनिधिहरुसँग समन्वय गर्न थालेका छन्। प्रदेश अधिवेशन पछि केन्द्रीय महाधिवेशनको मिति नजिएकाले देश दौडाहा गर्ने समय नमिलेको शाहले बताए। कैलाली निर्वाचन क्षेत्र नम्बर २ बाट अत्यधिक बहुमतका साथ शाह महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएका छन। नेपाल तरुण दलका पूर्व उपाध्यक्ष युवा नेता शाहसँग नेपाल विद्यार्थी संघ, नेपाल तरुण दलको विभिन्न विभागमा रहेर काम गरेको अनुभव छ।

देशलाई सही दिशामा डोहोर्याउन आगामी निर्वाचनमा कांग्रेसलाई बलियो र जनमुखी बनाउन उमेद्वारी रहने शाहले बताए। २०४४ सालमा नेविसंघबाट आफ्नो राजनीति यात्रा शुरु गरेका शाह देशमा बहुदलीय व्यवस्थाको लागि संघर्ष शुरु गरेका थिए।

२०४६ सालदेखि २०५२ सालसम्म नेविसंघको क्याम्पस इकाइ समिति सदस्य, जिल्ला कार्यसमिति सदस्य र महाधिवेशन प्रतिनिधि भएर काम गरे। २०५४ सालदेखि २०६८ सालसम्म नेपाल तरुण दलको केन्द्रीय खेलकुद विभाग सदस्य, केन्द्रीय कोषाध्यक्ष, केन्द्रीय सचिव र केन्द्रीय उपाध्यक्षको पदमा रही विभिन्न जिम्मेवारी निर्वाह गरे। २०५३ सालदेखि हालसम्म लगातार महाधिवेशन प्रतिनिधि र महासमितिमा निर्वाचित हुदै आएका छन्।

संविधान सभाको दोस्रो निर्वाचन २०७० सालमा कैलाली क्षेत्र नम्बर २ बाट प्रत्यक्षतर्फको उम्मेदवारसमेत रहेका थिए। जनआन्दोलन भाग १ र २ (२०४६ साल र २०६२–०६३) मा पटक पटक गरी ४ महिना जेलजीवन (राजनीतिक बन्दी) बिताए। कोरोना महामारी तथा बाढी डुबानको समय त्यस क्षत्रमा जनताका घरदैलोमा पुगेर जनताको सुखदु:खमा मलमपट्टी लगाउने काम गरेका यूवा शाह जनतामाझ लोकप्रिय छन्।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार