शुक्रवार, आश्विन २३ गते २०८३

कांग्रेस कपिलवस्तुको सभापतिमा पौडेलपक्षका कलाम विजयी

मंगलवार , मंसिर १४, २०७८

काठमाडौं। नेपाली कांग्रेसको कपिलवस्तु जिल्ला सभापतिमा अब्दुल कलाम विजयी भएका छन् ।

वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका कलामले संस्स्थापन पक्षका उम्मेदवार राजेश आचार्यलाई १०९ मतान्तरले पराजित गर्दै विजयी भएका हुन् ।

खसेको कुल एक हजार ७६५ मतमध्ये कलामले ९२८ र राजेश आचार्यले ८१९ मत प्राप्त गरे ।

यस्तै दुई जना उपसभापतिमा रजतराज आचार्य र हुमकान्त खनाल, दुई सचिवमा शक्तिसिंह ठकुरी र प्रेमबहादुर सिंह रायमाझी विजयी भएका छन् ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार