शुक्रवार, आश्विन २३ गते २०८३

रावल र उनी पक्षधर उम्मेदवारविरुद्ध बाँडिएको पर्चा अनौठो होईन: शंकर पोखरेल

मंगलवार , मंसिर १४, २०७८

नेकपा एमालेको महासचिवमा निर्विरोधि निर्वाचित भएका नेता शंकर पोखरेलले बागी उम्मेद्वारविरुद्ध पर्चा बाँड्नु अनौठो नभएको टिप्पणी गरेका छन्।

उनले भीम रावल र उनी पक्षधर उम्मेदवारलाई भोट नदिनू भन्दै महाधिवेशन प्रतिनिधिहरुलाई बाँडिएको पर्चा अनौठो नभएको भन्दै त्यो पार्टीको औपचारिक प्रस्ताव अनुसारकै भएकोसमेत बताएका छन्। महाधिवेशन स्थलमा मंगलबार पत्रकारहरुसँगको कुराकानीमा पोखरेलले भने, ‘त्यो त पार्टीको औपचारिक प्रस्ताव हो। त्यो प्रस्तावलाई अन्यथा गर्ने हिसाबले प्रचार गर्ने कमरेडहरूले पनि आफ्नो पक्षमा प्रचार गर्नु भएकै छ। अध्यक्ष मण्डलको प्रस्ताव यो हो भन्ने कुरा त घोषित नै छ। कुनै अनौठो कुरा होइन।’

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार