काठमाडौं . नेकपा एमालेको नयाँ नेतृत्वका लागि मतदान जारी छ।
मंगलबार बिहान ४ बजेदेखि सुरू भएको मतदान सकिन अझै डेढ घण्टा लाग्ने निर्वाचन समितिले जनाएको छ। बिहान ९ बजेसम्म १५ सय मतदान भएकाे छ। अध्यक्षका उम्मेदवार केपी शर्मा ओली र भीम रावल तथा अन्य शीर्ष नेताले मतदान गरिसकेका छन्। विद्युतीय प्रक्रियामा मतदान भइरहेको छ।
पदाधिकारीतर्फ अध्यक्ष, उपाध्यक्ष र सचिव पदका लागि निर्वाचन हुँदैछ। त्यस्तै‚ केन्द्रीय समितितर्फ खुला केन्द्रीय सदस्य, प्रदेश १ (भौगोलिक क्षेत्र) खुला, प्रदेश १ महिला, समावेशी क्षेत्रतर्फ दलित (खुला), थारू (खुला), पिछडिएको क्षेत्र र सुदूरपश्चिम प्रदेशको महिलातर्फ केन्द्रीय सदस्यका लागि निर्वाचन भइरहेको छ।
अरू सबै पदमा सर्वसम्मत भएको छ।