काठमाडौं। राप्रपा अध्यक्ष डा प्रकाशचन्द्र लोहनीले आगामी नेतृत्वमा राजेन्द्र लिङ्देनलाई समर्थन गर्ने घोषणा गरेका छन्। मंगलबार राजधानीमा पत्रकार सम्मेलन गरी लोहनीले लिङ्देनलाई समर्थन गर्ने घोषणा हुन्।
पत्रकार सम्मेलनमा उनले विज्ञप्ति बाचन गर्दै पार्टीका अध्यक्षद्वय कमल थापा र पशुपति शमशेर राणालाई पनि लोहनीलाई अबको नेतृत्वमा स्वीकार्दै अभिभावकीय भूमिका निर्वाह गर्न आग्रह गरेका छन्। उनले आफू सहमतिमै नेतृत्व चयन हुनुपर्ने पक्षमा रहेको र त्यसमा पनि युवालाई नेतृत्व दिनु देश र पार्टीकै हितमा हुने धारणा राखे।
उनले संविधानभित्रको राजसंस्था र वैदिक सनातन हिन्दु राष्ट्र तथा प्रजातान्त्रिक विधि र पद्धतिप्रति राप्रपा प्रतिबद्ध रहेको बताए। राष्ट्रिय प्रजातन्त्र पार्टीको अध्यक्ष पदका उम्मेदवार तथा प्रतिनिधिसभा सदस्य राजेन्द्र लिङ्देनले आफू पार्टीको अध्यक्ष बन्दा पार्टीभित्रका ‘दाइ’हरूले अपमानित हुनु नपर्ने बताएका छन् ।
मंगलबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा उनले देश बलियो हुन राप्रपा बलियो हुनुपर्ने भएकाले नै राप्रपालाई बलियो बनाउन आफूले नेतृत्वमा दाबी गरेको बताए ।