शुक्रवार, आश्विन २३ गते २०८३

एमाले महाधिवेशन : मतगणना जारी, केहीवेरमा मतपरिणाम घोषणा हुने

मंगलवार , मंसिर १४, २०७८

कामठमाडौं। नेकपा एमालेको १०औं महाधिवेशनअन्तर्गत अध्यक्षसहित विभिन्न पदका लागी भएको मतदानको मतगणना सुरू भएको छ। मतगणना मंगलबार दिउँसो १ बजे सुरू भएको हो। बिहान ४ बजेदेखि भएको मतदान ११ बजे सकिएको थियो।

दुई हजार १५३ मतदाता रहेकोमा २ हजार ९६ जनाले मतदान गरेका थिए। मतगणनास्थलमा सुरक्षा व्यवस्था कडाइ गरिएको छ। करिब एक घण्टामा मत परिणाम आउने निर्वाचन अयोगका सदस्य बिमला विकले बताइन्। मतपरिणाम आएपछि निर्वाचित भएकाहरुको आजै सपथ ग्रहणको तयारी गरिएको छ।

सम्बन्धित विषय:

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार