काठमाडौं। नेकपा (एमाले) को सम्पन्नमतदान पछि भइरहेको मतगणनामा अध्यक्ष पदमा केपी ओलीले अग्रता बनाएका छन्। हालसम्म भएको मतगणना अनुसार ओलीले ४ सय मत ल्याउँदा रावलले ४२ मत प्राप्त गरेका छन्। बिहान ४ बजेदेखि भएको मतदान ११ बजे सकिएको थियो। दुई हजार १५३ मतदाता रहेकोमा २ हजार ९६ जनाले मतदान गरेका थिए।