काठमाडौं। नेकपा एमालेको उपाध्यक्षमा उम्मेदवारी दिएका घनश्याम भुसाल पराजित भएका छन्। तर ओलीको सुचीमा परेको सबै जना बिजयी भएका छन्। भुषलले जम्मा ७३५ मत पाई पराजित हुँदा अष्टलक्ष्मी शाक्य १९७६ मत ल्याएर विजयी भएकी छन्।
उनले उपाध्यक्षमा भएको निर्वाचनमा सबैभन्दा बढी मत ल्याएकी हुन्। यस्तै सुरेन्द्र पाण्डेले १९३५ मत, रामबहादुर थापा बादलले १७६८, विष्णु पौडेलले १८५८ मत, युवराज ज्ञवालीले १८४३ मत र सुवास नेम्वाङले १८५५ मत ल्याएका छन्।