शुक्रवार, आश्विन २३ गते २०८३

यस्तो कारण देखाउँदै निर्वाचन प्रक्रियाबाट अलग हुने पशुपति शमशेरको घोषणा

मंगलवार , मंसिर १४, २०७८

काठमाडौं। राप्रपा अध्यक्ष पशुपति शमशेर राणाले आफू निर्वाचन प्रक्रियाबाट अलग हुने घोषणा गरेका छन्। मंगलबार पार्टी कार्यालय चाबहिलमा पत्रकार सम्मेलन गर्दै पार्टीको भोलिदेखि सुरु हुने महाधिवेशनको निर्वाचन प्रक्रियाबाट आफू अलग रहने घोषणा गरेका हुन्। 

उनले आफूले सर्वसम्मत नेतृत्व चयनका लागि पहल गर्ने र कुनै पनि उम्मेदवारतर्फ नखुल्ने बताए। राणाले आजको सन्दर्भमा पार्टी एकता सर्वोपरी सत्य बनेको भन्दै नेतृत्वको रस्साकसीमा फेरि पनि टुट र फुटको श्रृङ्खला नदोहोरियोस् भन्ने आफ्नो चाहना रहेको बताए। 

उनले राप्रपाको सार्थक निरन्तरता, एकता र सर्वसम्मतिका लागि आफ्नो भूमिका र सहयोग अनवरत रहने पनि बताए। राप्रपाको नयाँ नेतृत्वका लागि कमल थापा र राजेन्द्र लिङ्नदेले उम्मेदवारी घोषणा गरिसकेका छन् भने अर्का अध्यक्ष डा प्रकाशचन्द्र लोहनीले लिङ्देनलाई सघाउने निर्णय लिएका छन्। 

सम्बन्धित विषय:

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार