शुक्रवार, आश्विन २३ गते २०८३

अध्यक्षको सपथ लिएपछि ओलीले तोके केन्द्रीय कमिटीको दोस्रो बैठक 

मंगलवार , मंसिर १४, २०७८

काठमाडौं। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पद तथा गोपनीयताको शपथ लिएका छन्। सौराहामा भएको दशौं महाधिवेशनले ओलीको नेतृत्वमा ३०१ सदस्यीय केन्द्रीय कमिटी चयन गरेको थियो।

मंगलबार बिहान भएको मतदानको गणना सकिएपछि केन्द्रीय निर्वाचन आयोगका प्रमुख डा. विजय सुब्बाले उनलाई शपथ गराएका हुन्। आफूले शपथग्रहण गरे लगत्तै अध्यक्ष ओलीले नवनिर्वाचित केन्द्रीय सदस्यहरूलाई शपथग्रहण गराएका छन्।

त्यस्तै अध्यक्ष ओलीले नेकपा एमालेको नव निर्वाचित केन्द्रीय कमिटीको दोस्रो बैठक मंसिर २५ र २६ गते बस्ने भएको छ। पहिलो बैठक भने मंगलबार नै बस्दैछ। नयाँ कमिटीका सदस्यहरुको शपथ ग्रहण समारोहलाई सम्बोधन गर्दै अध्यक्ष केपी शर्मा ओलीले पहिलो बैठक केहीबेरमा बस्ने बताए। 

सम्बन्धित विषय:

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार