काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा )को आसन्न महाधिवेशनमा राप्रपाको महामन्त्री महिला पदमा पूर्वमन्त्री कुन्ती कुमारी शाहीले आफ्नो उम्मेदवारी घोषणा गरेकी छन्। नेत्रृ शाहीले एकता महाधिवेशनमा राप्रपाको महामन्त्री पदमा आफ्नो उम्मेदवारी घोषणा गरेकी हुन् ।
राप्रपालाई देशको बैकल्पिक शक्ति बनाउन र पार्टी हितका लागी काम गर्ने क्षमता आफूसँग रहेको भन्दै तत्कालीन समयमा आफूले ज्यानको बाजी समेत लगाएर पार्टीमा काम गरेकोले सानो–सानो समस्याबाट आफू बिचलित नहुने उनको भनाई छ।
पार्टीमा पछिल्लो समय इमान्दारीताको खाँचोको कमी रहेको भन्दै पद लोभको भावना बढ़ेको प्रती उनले चिन्ता ब्यक्त गरेकी छन्। उनले राप्रपा पार्टी यसका नेता कार्यकर्ता बिचलित नभई देशको बैकल्पिक शक्ति बनाउन सबैजना एकताबद भएर लाग्न अपील समेत गरेकी छन् ।
आफÞ्नो गृह जिल्ला दैलेखबाट राष्ट्रिय राजनीतिमा उदाउदै गरेकी शाही नेपालको सरकारको स्थानीय बिकास मन्त्रालय र शहरी बिकास मन्त्रालयमा राज्यमन्त्रीको रुपमा सफल जिम्मेवारी सम्हाली सकेकी छन् । ससदमा पार्टीको सचेतकको भूमिकामा समेत काम गरेको अनुभव शाहीसँग छ । राप्रपाको महिला संगठनको केन्द्रिय अध्यक्षको भूमिकामा लामो समय काम गरेको र पार्टीको संगठन बिस्तारमापनि उनको योगदान छ।
उनलाई पार्टीभित्र ईमान्दार काम गर्ने नेताको रूपमा लिइन्छ । बिभिन्न पार्टी र नेतासँग पार्टीको आन्तरिक सम्बन्ध र अन्तराष्ट्रिय स्तरमा समेत राम्रो सम्बन्ध कायम गर्न सफल ब्यक्तिको रूपमा नेतृ शाहीलाई लिने गरिन्छ । शाही कानुनविद समेत हुनुहुन्छ ।