मंगलवार, आश्विन १३ गते २०८३

पद छाड्नु अघि ओलीले देशवासीका नाममा सम्बोधन गर्दै

मंगलवार , आषाढ २९, २०७८

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार देशवासीका नाममा सम्बोधन गर्ने भएका छन् । प्रधानमन्त्रीले दुई बजे देशवासीका नाममा सम्बोधन गर्ने एमाले केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले बताए ।

ओलीले २ बजे सम्बोधन गर्ने भएपछि दिउँसो एक बजे बस्ने भनिएको एमाले स्थायी कमिटीको बैठक स्थगन गरिएको तामाङले जानकारी दिए। सर्वोच्च अदातलको सोमबारको फैसलाले प्रतिनिधिसभा पुन: स्थापना गर्दै मंगलबार अपराह्नसम्म शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्न आदेश जारी गरेसँगै ओलीले सम्बोधन गर्न लागेका हुन् ।

सम्बन्धित विषय:

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार