काठमाडौं। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरसको नयाँ ओमिक्रोन भेरियन्टनेपालमा हालसम्म नदेखिएको स्पष्ट पारेको छ। तर विदेशमा तीव्र गतिमा फैलिरहेको भन्दै अत्यावश्यक काम नपरी विदेश नजान अपिल गरेको छ।
मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले बुधबार विज्ञप्ति जारी गरी नेपालमा यो भेरियन्ट नदेखिएपनि सावधानीस्वरूप अत्यावश्यक नपरी विदेश नजान अनुरोध गरेको हो। यो भेरियन्ट दक्षिण अफ्रिका तथा एशियाका केही मुलुकमा तीव्र गतिमा फैलिरहेको मन्त्रालयले जनाएको छ। विश्व स्वास्थ्य संगठनले पनि यसलाई ’भेरियन्ट अफ कन्सर्न’ भनेर घोषणा गरेको छ।