काठमाडौं। नेपालमा सवारीसाधन धकेल्ने दृष्य त सामान्य नै छ। किनभने बिग्रिएका बाटोघाटोमा सवारी फस्दा होस या सावारी साधनमा समस्या हुँदा मानिसहरुले धकेलेर पार लाउने गर्छन्,र यो दृष्य सामान्य लाग्छ।
तर नेपालमा यात्रुले बडेमानको हवाईजहाज पनि धकेल्नु परेको छ। यो घटना बाजुराको कोल्टी विमानस्थलको हो। बाजुराको कोल्टी विमानस्थलमा बुधबार एउटा रोचक दृश्य देखियो, जहाँ यात्रुहरूले हवाईजहाज धकेलिरहेका थिए। एक यात्रुका अनुसार धावनमार्गमा राखिएको तारा एयरको हवाईजहाजको टायर पड्किएको थियो।
धावनमार्गमा राखिएको जहाजको टायर पड्किएपछि उक्त जहाजले उडान भर्ने कुरा त भएन तर उक्त जहाजका कारण अरु हजाज उडानमा समस्या भयो। त्यसपछि यात्रुहरुले जहजालाई धकेलेर साइड लगाउने उपाय लगाएका हुन्। जुन रोचक बनेको छ।
एक यात्रुका अनुसार तारा एयरको हवाईजहाजलाई यात्रु र सुरक्षाकर्मी मिलेर ट्याक्सी–वेबाट धकेलेर छेउ लगाएका हुन्। उक्त हवाईजहाजले हुम्लाको सिमकोटबाट ९ एन-एभिई हवाईजहाज बाजुरा विमानस्थलमा अवतरण गरेको थियो। हवाईजहाज धावनमार्गबाट ट्याक्सी-वेमा पुगिसकेपछि पछाडिको टायर पड्किएको बताइएको छ।