काठमाडौं। नेपाली काँग्रेस बागमती प्रदेश सभापतिको उम्मेदवारमा वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले जगदीश्वरनरसिंह केसीको नाम अगाडि सारेको छ। नेता प्रकाशमान सिंहको निवास चाक्सीबारीमा बसेको पौडेल पक्षका नेताहरुको बैठकले सभापति र महामन्त्रीका उम्मेदवारको छनोट गरेको हो।
नेता अर्जुननरसिंह केसीका अनुसार पौडेल समूहले कन्चनचन्द्र बादे र रामचन्द्र मैकललाई महामन्त्री क उम्मेदवार बनाउने निर्णय गरेको छ। सोमबारबाट पौडेल समूहबाट प्रदेश सभापति छनोटका लागि छलफल गरेको थियो।