शुक्रवार, आश्विन २३ गते २०८३

राप्रपा महाधिवेशन : थापा र लिङ्देनले टुंग्याए पदाधिकारीका उम्मेदवार

बिहिवार , मंसिर १६, २०७८

काठमाडौं। राप्रपाको नयाँ नेतृत्व चयनका चुनावी माहोल छ। यसैविच पार्टीको अध्यक्षका उम्मेदवार रहेका कमल थापा र राजेन्द्र लिङ्देनले आ आफ्नो पाक्षका पदाधिकारीमा लड्ने उम्मेदवारको टुंगो लगाएका छन्। थापाले आफ्नो प्यानलबाट बुद्धिमान तामाङ, विक्रम पाण्डे, ध्रुवबहादुर प्रधानलाई उपाध्यक्षको उम्मेदवार बनाएका छन्। यस्तै महिला उपाध्यक्षमा रोशनी कार्की छन्। 

महामन्त्रीमा भुवन पाठक, भास्कर भद्रा र कुन्ती शाहीको नाम टुंगो लागेको छ।  यसैगरी लिङ्देन प्यानलबाट उपाध्यक्षमा बिक्रम पाण्डे, दिलविकास राजभण्डारी, रामचन्द्र राय र लीला श्रेष्ठ छन्। महामन्त्रीमा डा.धवलशम्शेर राणा, श्याम तिमिल्सिना र रेखा थापा छन्। विक्रम पाण्डेको नाम भने दुबै पक्षले प्यानलमा राखेका छन् । राप्रपाको नयाँ नेतृत्व चयनका लागि शुक्रबार मतदान हुँदैछ।

सम्बन्धित विषय:

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार