आइतवार, श्रावण २४ गते २०८३

बिहिबार नेपालमा ३१५ संक्रमित थपिए, ६ को मृत्यु

बिहिवार , मंसिर १६, २०७८

काठमाडौं। पछिल्लो २४ घण्टामा ३१५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २४ घण्टामा ११ हजार ४०३ जनाको  नमुना परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन्।

सोही अवधिमा २०१ जना संक्रमणमुक्त बनेका छन्। हाल देशभर ७ हजार ४५ जना कोरोनाका सक्रिय संक्रमित रहेको मन्त्रालयको तथ्यांकमा उल्लेख छ। संक्रमितमध्ये हालसम्म ८ लाख ३ हजार ३६९ जनामा संक्रमणमुक्त भएको पनि मन्त्रालयले जनाएको छ। 

कोरोनाभाइरस संक्रमणबाट २४ घण्टामा ६ जनाको मृत्यु भएको छ। यससँगै देशभर कोरोनाबाट ज्यान गुमाउनेको संख्या ११ हजार ५३५ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार जानकारी दिए। 

मन्त्रालयका अनुसार हाल देशभर कोरोना संक्रमितको कुल संख्या पीसीआर विधिबाट भएको परीक्षणमा ८ लाख २१ हजार ९४९ जना पुगेको छ भने एन्टिजेन विधिबाट भएको परीक्षणमा ९५ हजार ५४६ जना पुगेको छ। 

सम्बन्धित विषय:

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार