आइतवार, श्रावण २४ गते २०८३

सरकारले लगायो दक्षिण अफ्रिकासहित यी ९ देशबाट नेपाल आउन रोक

बिहिवार , मंसिर १६, २०७८

काठमाडौं। सरकारले दक्षिण अफ्रिकासहित ९ देशबाट नेपाल आउन रोक लगाएको छ। कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोनको संक्रमणको खतरा रहेको भन्दै बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले दक्षिण अफ्रिका, हङकङसहित ९ देशबाट नेपाल आउन रोक लगाउने निर्णय गरेको हो।

बैठकले दक्षिण अफ्रिका, बोत्स्वाना, जिम्बाब्बे, नामिबिया, लेसोथो, इसबाटिनी, मोजाम्बिक, मलावी र हकङकबाट आउने यात्रु, ती देशलाई ट्रान्जिट बनाएर आउने र तीन हप्ताभित्र ती मुलुकको भ्रमण गरी आउनेहरूलाई नेपाल प्रवेशमा रोक लगाएको हो।

शुक्रबार रातिदेखि नै यो निर्णय लागू हुनेछ। अहिले आइरहेका यात्रुले भने नेपाल आइसकेपछि अनिवार्य क्वारेन्टाइन बस्नुपर्ने निर्णय सरकारले गरेको छ। यसैविच भारतमा पनि बिहिबार कोरोनाको नयाँ भेरियन्ट ओमीक्रोन फेला परेको छ। 

सम्बन्धित विषय:

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार