काठमाडौं । नेकपा माओवादी केन्द्रले गठबन्धनको सरकारमा सहभागी हुने मन्त्रीको नाम कांग्रेस सभापति शेर बहादुर देउवासंग छलफल गरेपछि मात्रै टुंग्याउने भएको छ। पार्टी केन्द्रिय कार्यालय पेरिसडाँडामा आज बसेको स्थायी कमिटी बैठकले देउवासंग छलफल गर्न अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई जिम्मा दिएको छ।
प्रवक्ता नारायणकाजी श्रेष्ठले ‘पहिला अध्यक्षले देउवासँग कुराकानी गर्ने र त्यसका आधारमा पार्टीले आवश्यक निर्णय लिने बताए। मन्त्री को हुने भन्ने नामबारे आज छलफल नभएको उनले बताए। 'पहिला कस्तो खालको मन्त्रीमण्डल गठन गर्ने, कति जना समावेश गर्ने, कुन–कुन पार्टीहरु समावेश आजै हुने भन्नेबारेमा एक ढंगको छलफल गरेपछि मात्रै यसबारेमा निर्णय गर्न उपयुक्त हुने भएकाले हामीले अहिले नै नामको बारेमा प्रवेश गरेका छैनौं ।’ उनले भने।