काठमाडौं। प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा डिस्चार्ज भएका छन्। सशस्त्र प्रहरी अस्पताल, बलम्बुमा चार दिन उपचार गराएर उनी शुक्रबार बिहान साढे ९ बजे डिस्चार्ज भएको अस्पतालका डा।प्रविण नेपालले बताए। कोभिड निमोनिया भएपछि उनी १३ मंसिरमा अस्पताल भर्ना भएका थिए।
अस्पतालले विज्ञप्ति जारी गर्दै जबराले ‘स्वास्थ्य लाभ गरेको’ भनेको छ। जबराको पिसीआर रिपोर्ट नेगेटिभ आएरनआएको चाहिँ खुलाइएको छैन।