आइतवार, श्रावण २४ गते २०८३

टेकु अस्पतालको इमर्जेन्सीमा नि:शुल्क गरिँदै, कुन कुन सेवा निशुल्क ?

शुक्रवार , मंसिर १७, २०७८

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, टेकुको इमर्जेन्सी सेवा नि:शुल्क हुने भएको छ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विरोध खतिवडाको निर्देशनपछि अस्पतालले मङ्सिर १९ गतेदेखि इमर्जेन्सी सेवा निशुल्क गर्ने व्यवस्था लागू गर्न लागेको हो ।  यो व्यवस्था लागु भए अस्पतालमा इमर्जेन्सी विभागमा आएका बिरामीको पछिल्लो २४ घण्टाभित्र हुने सम्पुर्ण परीक्षण र उपचार शुल्कदेखि टिकटसम्म सबै नि:शुल्क हुने छ।

नेपालको संविधानमा स्वास्थ्य सेवालाई नागरिको मौलिक हकका रुपमा उल्लेख गरिएको छ । जसअनुसार नागरिकहरुलाई सबै सरकारी अस्पतालबाट नि:शुल्क स्वास्थ्य सेवा दिने उद्देश्यले  पहिलो चरणमा टेकुबाट यो अभियान सुरु गर्न लागिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यसका लागि आवश्यक सहजीकरण र व्यवस्थापनमा मन्त्रालयले सहयोग गर्ने छ।

सम्बन्धित विषय:

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार