आइतवार, श्रावण २४ गते २०८३

२४ घण्टामा कोरोनाबाट मृत्यु शून्य, २४६ संक्रमित थपिए

शुक्रवार , मंसिर १७, २०७८

काठमाडौं। पछिल्लो २४ घण्टामा नपालमा मृतयु संखया शुन्य रहेको छ। देशभर २४६ जना कोरोनाभाइरस संक्रमित थपिँदा मृत्यु संख्या भने सुन्य भएको हो। ७ हजार ८३६ जनामा नमुना परीक्षण गर्दा सो संख्यामा संक्रमण पुष्टि भएको हो । यस्तै पछिल्लो २४ घण्टामा ३४७ जना कोरोना संक्रमणमुक्त भएका छन्। 

मन्त्रालयका अनुसार हालसम्म कोरोना संक्रमितको कुल संख्या पीसीआर विधिबाट भएको परीक्षणमा ८ लाख २२ हजार १७२ र एन्टिजेन विधिबाट भएको परीक्षणमा ९५ हजार ५६९ जना पुगेको छ।

संक्रमितमध्ये हालसम्म ८ लाख ३ हजार ७१६ जना निको भएका छन्। हालसम्म कोरोनाबाट मृत्यु हुनेको कुल संख्या ११ हजार ५३५ जना रहेको छ। सक्रिय संक्रमित देशभर झण्डै ७ हजार जना रहेको मन्त्रालयले जनाएको छ। 

सम्बन्धित विषय:

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार