काठमाडौं। बागलुङमा एक विद्यालयका विद्यार्थी र शिक्षक गरी ३० जनामा कोरोना संक्रमण पुष्टि भएको छ। बागलुङ नगरपालिका १३, पैयुँपाटास्थित त्रिभुवन माध्यमिक विद्यालयका विद्यार्थीसहित शिक्षकमा कोरोना संक्रमण पुष्टि भएको हो।
जिल्ला स्वास्थ्य कार्यालय, बागलुङले बिहीबार र शुक्रबार गरिएको एन्टिजेन परीक्षणमा एकै पटक ठूलो संख्यामा कोरोना संक्रमण पुष्टि भएको कार्यालयका प्रवक्ता देवप्रकाश घिमिरेले जानकारी दिए। ‘केही लक्षण देखिएपछि हाम्रो टोलीले परीक्षण थालेको थियो।