आइतवार, श्रावण २४ गते २०८३

ओमीक्रोनबाट हालसम्म कसैको मृत्यु भएको छैन : डब्लुएचओ

शनिवार , मंसिर १८, २०७८

विश्व स्वास्थ्य संगठन डब्लुएचओले कोरोनाको नयाँ भेरियन्ट (ओमीक्रोन)ले हालसम्म कसैको पनि मृत्यु नभएको जनाएको छ ।  डब्लुएचओका प्रवक्ता क्रिस्चियन लिन्डमेयरले हालसम्म ३८ देशमा ओमीक्रोन देखिएको तर यसका कारण कसैले ज्यान गुमाउन नपरेको जानकारी दिएका हुन् ।

उनले कोरोना खोपले मृत्युबाट जोगाउन मद्दत गरेको इंगित गर्दै कोरोना खोप निर्माण गर्ने काम प्रशंसनिय रहेको र ओमिक्रोन भेरियन्टबाट जोगाउन आफ्नो उत्पादनहरु समायोजन गर्न आवश्यक पर्नसक्ने भएकोले यसबारे योजना बनाइरहेको बताएका छन् ।

सम्बन्धित विषय:

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार