शुक्रवार, आश्विन २३ गते २०८३

राप्रपाको आगामी नेतृत्व चयनका लागी मतदान जारी

शनिवार , मंसिर १८, २०७८

राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपामा नयाँ नेतृत्व चयनका लागि मतदान सुरु भएको छ । एक अध्यक्ष, चार उपाध्यक्ष, तीन महामन्त्री र १४१ जना केन्द्रीय सदस्यका लागि मतदान सुरु भएको हो । अध्यक्षका लागि नेताद्वय कमल थापा र राजेन्द्र लिङ्देन प्रतिस्पर्धामा उत्रिएका छन् । उपाध्यक्षमा नौजना, महामन्त्रीमा ६ जना र केन्द्रीय सदस्यका लागि २७६ जनाको उम्मेदवारी परेको छ । अध्यक्ष, उपाध्यक्ष, महामन्त्री र केन्द्रीय सदस्य गरी जम्मा १४९ जना निर्वाचित हुनेछन् । 

थापा पक्षबाट उपाध्यक्षका उम्मेदवारमा विक्रम पाण्डे, बुद्धिमान तामाङ, धु्रवबहादुर प्रधान र रोशन कार्की छन् । लिङ्देन पक्षबाट उपाध्यक्षमा विक्रम पाण्डे, दिलविकास राजभण्डारी, रामचन्द्र राय र लीलादेवी श्रेष्ठ उम्मेदवार छन् । उपाध्यक्षमा दुर्गा श्रेष्ठ र जगत गौचनले पनि उम्मेदवारी दिएका छन् ।

महामन्त्री पदका लागि दुवै पक्षले ६ जनाको उम्मेदवारी दर्ता गरेका छन् । थापा पक्षबाट नेताहरू भुवन पाठक, भास्कर भद्रा र कुन्तीकुमारी शाहीको उम्मेदवारी परेको छ । लिङ्देन समूहले महामन्त्रीमा रेखा थापा, डा. धवलशमशेर राणा र श्याम तिमल्सिनालाई उठाएको छ । राप्रपामा ४ हजार ३८० जना महाधिवेशन प्रतिनिधि छन् । मतदाताको अन्तिम नामावली हिजो प्रकाशित भएको हो । 

 

सम्बन्धित विषय:

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार