शुक्रवार, आश्विन २३ गते २०८३

कांग्रेसको प्रदेशसभा अधिवेशन : कहाँ के भैरहेछ ?

शनिवार , मंसिर १८, २०७८

काठमाडौं। नेपाली कांग्रेसको प्रदेशसभा अधिवेशन अन्तर्गत नेतृत्व चयनका लागि ५ वटा प्रदेशमा मतदान भइरहेको छ । प्रदेश २ मा यसअघि नै स्थगित भएको छ, भने बाग्मतीमा अझै पनि मतदान शुरु हुन सकेको छैन् । मतपत्रका विषयमा विवाद भएपछि त्यहाँ अहिलेसम्म पनि मतदान शुरु हुन नसकेको हो । 

सबै प्रदेशमा बिहान ८ बजे नै मतदान शुरु गर्ने निर्वाचन कार्यतालिका भएपनि अन्य केहि प्रदेशमा पनि विवाद उत्पन्न भएपछि ढिला गरि मतदान कार्य शुरु भएको हो । गण्डकी र शुदूरपश्चिम प्रदेशमा भने तोकिएकै समयमा मतदान शुरु भएको थियो । यस्तै कर्णालीमा भने डेढ घण्टा ढिला गरि मतदान शु्रु भएको हो । 

यस्तै प्रदेश १ मा अहिले केहि बेर अघि मात्रै मतदान शुरु भएको छ । मतदान शुरु नभएको भन्दै त्यहाँ कार्यकर्ताले नाराबाजीसमेत गरेका छन् । पहिलो पटक संघीय संरचनामा गएको कांग्रेसको प्रदेश निर्वाचनका लागि धेरैजसो प्रदेशमा दुई पक्षीय भिडन्त हँुदैछ । बागमतीमा र कर्णालीमा भने त्रिपक्षिय प्रतिष्पर्धा भइरहेको छ । मतदान सम्पन्न भए लगत्तै मतगणना शुरु गरिने कांग्रेस निर्वाचन समितिले जनाएको छ । 

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार