काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टीका निवर्तमान अध्यक्ष पशुपति शम्शेर जबराले आफू राजेन्द्र लिङ्देनको पक्षमा नरहेको प्रष्ट पारेका छन्। उनले एक नोट लेखेर आफु काँचो नेतृत्वको पक्षमा नरहेको स्पष्ट पारेका हुन्।
उनले नोटमा लेखेका छन्, ’कुन कू-तत्वले फेसबुकमा मैले राजेन्द्र लिङ्देनको पक्षमा अपिल गरेको भनेर किर्ते पोष्ट गर्या देखेँ, यो सरासर झुट कुरा हो।’ उनले सामाजिक संजालमा लेखेका छन्, ’यसको कडा खण्डन गर्दै म काँचो नेतृत्वको पक्षमा नरहेको प्रष्ट पार्न चाहन्छु।’
राप्रपाका तीन अध्यक्षमध्ये कमल थापा फेरि अध्यक्षको प्रतिष्पर्धामा छन्, भने अर्का अध्यक्ष डा.प्रकाशचन्द्र लोहनीले लिङ्देनलाई समर्थन गरेका छन्, तर राणाले भने आफ्नो पक्ष खुलाएका थिएनन्। तर लिङदेनलाई काँचो नेतृत्वको संज्ञा दिएर उनको पक्षमा नरहेको बताएपछि उनले अध्यक्षका प्रत्यासी कमल थापालाई साथ दिने दिखिएको छ।
अहिले भृकुटीमण्डपमा राप्रपाको नयाँ नेतृत्व चयनका लागि चुनाव भइरहेको छ। थापा र लिङ्देन प्यानलसहित चुनावी प्रतिष्पर्धामा छन्। यस्तो समयमा राणाको यस्तो भनाई आएको हो।