आइतवार, श्रावण २४ गते २०८३

शनिबार कोरोनाका २३८ संक्रमित थपिए, ३९२ जना सङ्क्रमणमुक्त

शनिवार , मंसिर १८, २०७८

काठमाडौं। देशभर थप २३८ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार ६ हजार ७९७ जनाको परीक्षण गर्दा पीसीआर विधिबाट २२०  र एन्टिजेन विधिबाट १८ जनामा सङ्क्रमण पुष्टि भएको हो।

यही अवधिमा थप ३९२ जना सङ्क्रमणमुक्त भएका छन्। नेपाल हालसम्म कूल सङ्क्रमितमध्ये ८ लाख ४ हजार १०८ जना सङ्क्रमणमुक्त भइसकेका छन्। नेपालमा निको हुने दर ९७.८ प्रतिशत रहेको छ । हाल देशभर ६ हजार ७४४ जना सक्रिय सङ्क्रमित रहेका छन्।

त्यस्तै २४ घण्टामा कोरोना सङ्क्रमणबाट थप ५ जनाले ज्यान गुमाएका छन्। हालसम्म देशभर ११ हजार ५४० जनाले ज्यान गुमाइसकेका छन्। स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १ लाख ३० हजार ६८८ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन्। हालसम्म १ करोड ८९ लाख ९२ हजार ९०४ मात्रा कोरोनाविरुद्धको खोप लगाइसकिएको छ।

सम्बन्धित विषय:

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार