शुक्रवार, आश्विन २३ गते २०८३

राप्रपाको मतदान राति १० बजेसम्म लम्वियो, राति नै मतपरिणाम आउने

शनिवार , मंसिर १८, २०७८

काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को नयाँ नेतृत्व चयनका लागि भइरहेको मतदान लम्विएको छ। मतदान नसकिए पछि राति १० बजे सम्म मतदान हुने छ। भृकुटीमण्डपमा राप्रपाको एकता महाधिवेशन अन्तरगत नयाँ नेतृत्व चयनका लागि शनिबार (आज) मतदान भइरहेको हो।

मतदान बिहान ८ बजेबाट सुरु हुने भनिएको भए पनि करिब १२ बजेबाट सुरु भएको थियो। मतदाताको संख्या धेरै भएको र त्यसलाई चुस्त ढंगले मतदान गराउने व्यवस्था गर्न मतदान कार्य केही ढिला हुन गएको केन्द्रीय निर्वाचन समितिमा सदस्य राजु बस्नेतले जानकारी दिए।

उनले मतदान छिटो सम्पन्न गर्न ८६ वटा विद्युतीय मतदान मेसिन र अध्यक्ष पदका उम्मेदवारको हकमा मत–पत्रको पनि व्यवस्था गरिएको बताए। निर्वाचन समितिका अनुसार मतदान बेलुका १० बजेसम्म चल्नेछ। त्यसपछि दुई घण्टाभित्र मतपरिणाम घोषणा हुनेगरी मतगणनाको कामलाई अघि बढाउने निर्वाचन समितिको तयारी छ। राप्रपाको अध्यक्ष पदमा कमल थापा र राजेन्द्र लिङ्देनको उम्मेदवारी परेको छ। 

सम्बन्धित विषय:

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार