काठमाडौं। राप्रपाको महिला महामन्त्रीमा कुन्ती कुमारी शाही विजयी भएकी छन्।
कमल थापाको समूहबाट उनी महामन्त्रीमा पदमा निर्वाचित भएकी हुन्।
अध्यक्षमा निर्वाचित राजेन्द्र लिङ्देनको समूहबाट महामन्त्री पदमा उठेकी रेखा थापा भने पराजित भएकी छन्।
शाहीले २ हजार ५ मत ल्याइन् भने थापाले १६४० मत प्राप्त गरिन्।