काठमाडौं। नेपाली काँग्रेस नेता डम्बर बहादुर सुनार (डीबी)ले आसन्न १४ औं महाधिवेशनमा केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेका छन्।
शनीबार धनगढी कैलालीमा पत्रकार सम्मेलन गर्दै उनले दलित आरक्षण कोटामा केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेका हुन्।
उनी अछाम क्षेत्र नं १ बाट महाधिवेशन प्रतिनिधिमा निवार्चित भएका हुन्।