आइतवार, श्रावण २४ गते २०८३

तान्जानियाबाट दिल्ली पुगेका व्यक्तिमा ओमिक्रोन देखियो, भारतमा हालसम्म ओमिक्रोनका ५ संक्रमित

आइतवार , मंसिर १९, २०७८

काठमाडौं। भारतमा कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोनको फेरी नयाँ संक्रमित फेला परेका छन्। ताजानियाँबाट दिल्ली पुगेका एक व्यक्तिमा संक्रमण देखिएको हो। भारतको बेंगलुरु, मुम्बई र जामनगरपछि अब दिल्लीमा ओमिक्रोनको पहिलो संक्रमित भेटिएका छ।

दिल्लीका स्वास्थ्य मन्त्री सत्येन्द्र जैनले संक्रमित तान्जानियाबाट आएको बताए। विमानस्थलमा परीक्षणपछि उनी ओमिक्रोनद्वारा संक्रमित भएको जानकारी पाइएको हो। उनलाई दिल्लीको एलएनजेपी अस्पतालमा भर्ना गरिएको छ । एलएनजेपी अस्पतालका एमडी सुरेश कुमारले अस्पतालमा भर्ना भएका ओमिक्रोनका बिरामीको घाँटी सुन्निएको, थकान र शरीर दुखाईको लक्षण देखिएको जानकारी दिए। 

सम्बन्धित विषय:

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार