शुक्रवार, आश्विन २३ गते २०८३

राप्रपाका नवनिर्वाचित अध्यक्ष लिङ्देनसहित पदाधिकारी लिए सपथ

आइतवार , मंसिर १९, २०७८

काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका नवनिर्वाचित अध्यक्ष र उम्मेदवारले पद तथा गोपनीयताको सपथ लिएका छन्। आइतबार राष्ट्रिय सभामा आयोजित प्रमाण पत्र वितरण तथा सपथ ग्रहण समारोहमा उनीहरूले पद तथा गोपनीयताको सपथ लिएका हुन्।

राप्रपामा चार उपाध्यक्ष र तीन महामन्त्रीसहित १४८ जना केन्द्रीय सदस्यका लागि निर्वाचन भएको हो। आइतबार बिहान सार्वजनिक भएको अन्तिम मत परिणाम अनुसार अध्यक्ष उम्मेदवार कमल थापालाई २ सय मत अन्तरले हराउँदै राजेन्द्र लिङ्देन अध्यक्षमा निर्वाचित भएका हुन्। अध्यक्षमा कमल थापाले चुनाव हारे पनि पदाधिकारीमा भने थापापक्षकै बर्चस्व रहेको छ। 

दुबै प्यानलमा समेटिएका विक्रम पाण्डे सर्वाधिक २५२१ मत पाए। थापा प्यानलबाटै उठेका बुद्धिमान तामाङ र ध्रुवबहादुर प्रधान उपाध्यक्षमा विजयी भए। तामाङले १९४४ मत ल्याउँदा प्रधानले १८१४ मत ल्याएर विजयी भए।
महिला उपाध्यक्षमा पनि कमल थापा समूहकै रोशन कार्की १५८९ भोट ल्याएर विजयी भइन्।

यस्तै तीन महामन्त्रीको प्रतिस्पर्धामा लिङ्देन पक्षका धवलशम्शेर राणाले सर्वाधिक २२२१ भोट ल्याएर विजयी भए। बाँकी दुई जना कमल थापा समूहका विजयी भए। थापा पक्षका भुवन पाठक १७०५ भोट ल्याएर विजयी हुँदा महिला महामन्त्रीतर्फ थापा समूहकै कुन्तीकुमारी शाही विजयी भइन्।

सम्बन्धित विषय:

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार