शुक्रवार, आश्विन २३ गते २०८३

किन कांग्रेसको केन्द्रीय सदस्य बन्न खोज्दैछन् शाही

मंगलवार , मंसिर २१, २०७८

काठमाडौँ । नेपाली कांग्रेसका युवा नेता पुष्पकुमार शाहीले पार्टीको आगामी महाधिवेशनमा केन्द्रीय सदस्यको उम्मेदवारी दिने भएका छन् । रिपोर्टर्स क्लबमा आयोजित पत्रकार सम्मेलनमा उनले आफू सुदूरपश्चिम प्रदेशबाट उम्मेदवार बन्न लागेको जानकारी दिए । डोटीबाट महाधिवेशन प्रतिनिधिमा अत्याधिक मत ल्याएर जितेका उनले पार्टीमा युवाको खाँचो रहेको बताए ।

पार्टीको केन्द्रीय समितिमा युवाहरुको सहभागिता भए पार्टी मजबुत हुने उनको तर्क छ । झन्डै ३० बर्ष अघिदेखि कांग्रेसको राजनीतिमा सक्रिय रहेका उनी नेपाल विद्यार्थी सघंका निवर्तमान केन्द्रीय उपाध्यक्ष पनि हुन् । उनले पार्टीको विभिन्न पदमा रही काम गरिसकेका छन् । राजनीतिसँगै समाजसेवामा पनि सक्रिय उनले सुदूरपश्चिम प्रदेशको सभापतिमा उठ्ने घोषणा गरेका थिए । नेपाली कांग्रेसको यो महाधिवेशन यही बिहीबारदेखि शनिबारसम्म काठमाडौँमा हुँदै छ ।

सम्बन्धित विषय:

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार