काठमाडौं। आसन्न १४ औँ महाधिवेशनका लागि नेपाली कांग्रेसको संस्थापन पक्षले सभापतिमा शेर बहनदुर देउवनसहित १३ केन्द्रीय पदाधिकारी उम्मेदवारको नाम टुङ्गो लगाएको छ। सभापति शेरबहादुर देउवा निवास बुढानिलकण्ठमा जारी बैठकले सभापतिसहित १३ पदाधिकारीको नाम टुंगो लगाएर सार्वजनिक गर्ने तयारी गरेको छ।
संस्थापन पक्षले १३ पदाधिकारीको अनौपचारिक सूचीसमेत बनाइसकेको छ। जसमा संस्थापन पक्षबाट सभापतिमा शेरबहादुर देउवा, उपसभापति, पूर्णबहादुर खड्का, डा.प्रकाशशरण महत यस्तै महामन्त्रीमा बालकृष्ण खाँण, विश्व प्रकाश शर्मा, सहमहामन्त्रीमा गोविन्द भट्टराई भिष्मराज आङ्देम्वे, मीन विश्वकर्मा महालक्ष्मी उपाध्याय, फरमुल्लाह मन्सुर, रामजनम चौधरी, जीतेन्द्र देव र जीवनबहादुर शाहीको नाम पदाधिकारीमा चयन गरिएको छ।