शुक्रवार, आश्विन २३ गते २०८३

प्रधानन्यायाधिशको कोटामा मन्त्री बनेका भनिएका गजेन्द्र हमाल केन्द्रिय सदस्यको उम्मेदवार

बुधवार , मंसिर २२, २०७८

काठमाडौं। प्रधानन्यायाधिशको कोटामा मन्त्रि बनेका भनिएका गजेन्द्र हमाल नेपाली कांग्रेसको आसन्न १४ औँ महाधिवेशनमा केन्द्रिय सदस्यको उम्मेदवारबन्ने घोषणा गरेका छन्। प्रधानन्यायाधिश चोलेन्द्र जवराको कोटामा मन्त्री बनेको भन्दै तिव्र अलोचना पछि मन्त्री पदबाट राजिनामा दिएका हमालले बुधबार पार्टीको केन्द्रिय सदस्य पदका लागी उम्मेदवारीको घोषणा गरेका हुन्।

बाँके कांग्रेसका पुराना नेता हमाल प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवाको प्यानलबाट केन्द्रीय सदस्य उठ्दैछन्। कांग्रेसको १४औँ महाधिवेशनमा उनी लुम्बिनी प्रदेशबाट केन्द्रीय सदस्य उठ्न लागेका हुन्। कांग्रेस विधानले प्रदेशमा दुई खुला र एक महिला केन्द्रीय सदस्यको व्यवस्था गरेको छ। 

अघिल्लो पटक महाधिवेशन प्रतिनिधि पराजित भएपछि उनी राजनीतिमा कम सक्रिय थिए। २०७४ को निर्वाचनमा प्रदेश तथा संघीय संसद सदस्य उठ्न चाहेका थिए। तर, उनले टिकट पाएनन्। २०२७ सालदेखि कांग्रेस राजनीतिमा लागेर बाँके पार्टी सभापति भइसके पनि हमाल पाँच वर्षदेखि निष्क्रियजस्तै थिए। पाँच दलीय गठबन्धन सरकारले गैरसांसद हमाललाई २२ असोजमा एकाएक मन्त्री नियुक्ती गरेपछि उनी चर्चामा आएका थिए।

 

सम्बन्धित विषय:

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार