काठमाडौं। काँग्रेसको १४ औं महाधिवेशनका लागि संस्थापन इतर समुहले आजपनि सभापतिको साझा उम्मेदवार तय गर्न असफल भएको छ। सभापतिका दावेदारमध्येका दुई जना प्रकाशमान सिंह र शेखर कोइरालाले कुनै पनि हालतमा आफ्नो दावी नछाड्ने अड्डी कसेपछि इतर पक्ष आज पनि साझा उम्मेदवार तय गर्न असफल भएको हो।
आज सभापतिको टुङ्गो लगाउन भन्दै दिनभर छलफलमा जुटेको इतर समुह आजपनि निष्कर्षविहिन बन्यो। आज सहमति हुन नसकेपछि भोलिपनि नेताहरु बसेर सहमतिको प्रयास गर्ने नेता गुरुराज घिमिरेले जानकारी दिए। उनका अनुसार भोलि पौडेल पक्षका केन्द्रीय सदस्यहरुको बैठक समेत बस्नेछ भने त्यहाँ वृहत छलफल गरेर सभापतिका दावेदार नेताहरुसँग पनि बैठक बस्ने तयारी छ।