काठमाडौं। नेकपा एमाले केन्द्रिय कमिटि बैठक आज बस्दै छ । जर्मन हाउस गट्ठाघर भक्तपुरमा ११ बजे बस्ने बैठकमा मनोनित हुने ३१ जना केन्द्रीय सदस्यहरुको सपथ ग्रहण हुने बताईएको छ । बैठकमा महाधिवेशनको समीक्षा, पोलिटव्युरो गठन, स्थायी कमिटीको गठन, केन्द्रीय सल्लाहकार परिषद् गठन, कार्य विभाजन तथा प्रदेशमा रिक्त पदाधिकारीको मनोनयन गर्ने बिषयमा छलफल हुने बताईएको छ ।
एमालेको विधान अनुसार पोलिटब्युरो ९९ सदस्यीय र स्थायी कमिटी ४५ सदस्यीय हुने व्यवस्था छ । एमालेको महाधिवेशन सम्पन्न भएको भए पनि जिल्ला र प्रदेशको अधिवेशन भएको छैन । आजको बैठकले जिल्ला र प्रदेश अधिवेशनको मिति निर्धारण गर्ने बताईएको छ । बैठक भोली पनि बस्नेछ ।