शुक्रवार, आश्विन २३ गते २०८३

कांग्रेसको उम्मेदवारहरुको अन्तिम नामावली प्रकाशित, १३४ पदका लागी ४९१ जना चुनावी प्रतिस्पर्धामा

आइतवार , मंसिर २६, २०७८

काठमाडौं। कांग्रेसको १४ औं महाधिवेशनअन्तर्गत भोली हुने मतदानका लागि प्रतिस्पर्धामा उत्रने उम्मेदवारहरुको अन्तिम नामावली प्रकाशित गरिएको छ । जसअनुसार नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति सदस्यका लागि ४९१ जना चुनावी मैदानमा उत्रिएका छन् । काठमाडौंमा जारी १४औँ महाधिवेशनमा नयाँ केन्द्रीय कार्यसमिति सदस्यका लागि ४९१ जना चुनावी प्रतिस्पर्धामा उत्रिएका हुन् ।

१३ जना पदाधिकारीसहित १३४ पदका ४९१ जना चुनावी प्रतिस्पर्धामा उत्रिएका हुन् । कांग्रेसको १४ औं महाधिवेशनमा सभापति, सहमहामन्त्री तथा केन्द्रीय सदस्य पदका लागि हिजो उम्मेदवारी दर्ता गराएका मध्ये ५७ जनाले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन् । पदाधिकारीसहित खुला तथा विभिन्न क्लस्टरबाट केन्द्रीय सदस्यमा उम्मेदवारी दिएकाहरुलाई आफ्नो नाम फिर्ता लिन साढे १२ बजेसम्मको समय दिइएपनि निर्वाचन समितिले आधा घन्टा बढाएर १ बजेसम्म तोकेको थियो । हिजो राति सार्वजनिक गरिएको उम्मेदवारहरुको प्रारम्भिक नामावालीमा केन्द्रीय कार्यसमितिका १३४ पदमा ५ सय ४८ जनाको उम्मेदवारी परेको थियो । 

एक जना सभापतिका लागि ६, दुई उपसभापतिका लागि ७ र दुई महामन्त्रीका लागि ६ जनाको उम्मेदवारी दर्ता भएको थियो । खुला र विभिन्न क्लस्टरबाट १ सय २१ सदस्यका लागि ५ सय ९ जनाले उम्मेदवारी दिएका थिए । त्यसमा सबैभन्दा बढी खुलातर्फ ३५ सदस्यका लागि १ सय ९ जनाको उम्मेदवारी परेको थियो ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार