शुक्रवार, आश्विन २३ गते २०८३

रामचन्द्र पौडेल निर्वाचनमा सहभागी नहुने

सोमवार , मंसिर २७, २०७८

काठमाडौं। कांग्रेसको नयाँ नेतृत्व चयनका लागि भइरहेको मतदानमा वरिष्ठ नेता रामचन्द्र पौडेल सहभागी नहुने हुनु भएको छ । संस्थापनइतर समूहबाट सर्वसम्मत सभापतिको उम्मेदवार बन्ने योजना सफल नभएपछि सबै तहका प्रतिस्पर्धाबाट बाहिरिएका पौडेलले मतदानमा समेत भाग नलिने हुनु भएको हो । 

पौडेलले मतदानका लागि नजाने निर्णय गरेको उहाँका स्वकीय सचिव चिरञ्जीवी अधिकारीले जानकारी दिनुभयो । पौडेलले प्रतिनिधिहरूलाई विवेक प्रयोग गरेर लोकतान्त्रिक प्रतिस्पर्धाबाट नेतृत्व चयन गर्न आग्रह गर्नु भएको छ । यसअघि आफूलाई सहयोग गर्न आग्रह गर्दै पौडेलनिवास पुगेका सभापतिका उम्मेदवार शेरबहादुर देउवासँगको भेटमा पनि पौडेलले तटस्थ बस्ने बताउनु भएको थियो । शनिबार साँझको भेटमा देउवाले आफूलाई सघाउन आग्रह गर्नु भएको थियो । तर, पौडेलले निर्वाचनमा आफू कुनै पनि पक्षमा नरेहेको जवाफ दिनु भएको थियो । 

सम्बन्धित विषय:

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार