पार्टीको चुनावी प्रतिस्पर्धाबाट बाहिरिएका नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले शेखर कोइरालालाई समर्थन गर्नु भएको छ । आज बिहान पौडेललाई भेट्न उहाँको निवास बोहोराटार पुग्नु भएका कोइरालालाई उहाँले जीतको शुभकामना दिदै आफ्नो समर्थन रहने बचन दिनु भएको हो । भेटका अवसरमा बाहिरी हल्लाको पछि नलाग्न भन्दै पौडेलले कोइरालालाई जितको शुभकामना दिनु भएको थियो ।
पार्टीमा नेतृत्व परिवर्तन आवश्यक भएको भन्दै पौडेलले उहाँलाई जीतको शुभकामना दिएको कांग्रेस नेताहरुले बताएका छन् । भेटका अवसरमा पौडेलले संस्थापनइतर एक हुन नसकेको भने दुःख प्रकट गरेका थिए। सभापतिका दुई प्रत्यासी प्रकाशमान सिंह र शेखर कोइराला मिल्न सकेको भए राम्रो हुने उनको भनाइ थियो।
राति अबेर सभापतिका अर्का उम्मेदवार शेरबहादुर देउवा समूहले रामचन्द्र पौडेलले आफूलाई सघाउने भनी प्रचार गरेकोप्रति संकेत गर्दै पौडेलले आफ्नो शुभेक्षा कोइरालालाई नै रहेको बताउनु भएको थियो । यसैबीच पौडेलपुत्र चिन्तन पौडेलले आफ्नो भनाई भनेर विभिन्न सन्चारमाध्यममा व्यक्त भएका धारण शतप्रपितशतथ गलत रहेको बताउनु भएको छ ।