आइतवार, श्रावण २४ गते २०८३

देउवाले पाएनन् बहुमत, सभापति पदको चुनाव दोस्रो चरणमा, आजै चुनाव गर्ने तयारी

मंगलवार , मंसिर २८, २०७८

काठमाडौं। नेपाली कांग्रेसको सभापति चयनका लागि पुन: मतदान हुने भएको छ । मंगलबार बिहान सकिएको मतगणनामा सभापतिका उम्मेदवार शेरबहादुर देउवाले अरुले भन्दा बढी मत पाए पनि निर्वाचित हुन आवश्यक बहुमत जुटाउन सकेनन् । कांग्रेसको बिधान अनुसार सभापति पदमा निर्वाचित हुन खसेको कूल मतको बहुमत चाहिन्छ ।

आइतबार भएको मतदानमा ४६७९ मत खसेको थियो । यस अनुसार कुनै पनि उम्मेदवार निर्वाचित हुन २३४० मत चाहिन्थ्यो । मतगणनामा देउवाले सुरुदेखि नै अग्रता लिए पनि देउवाले २२५८ मत मात्र पाए । उनलाई सभापति निर्वाचित हुन ८२ मत पुगेन ।

अर्का उम्मेदवार शेखर कोइरालाले १७४९ मत पाएका छन् । अब दोस्रो चरणमा सभापतिका लागि देउवा र कोइरालाबीच प्रतिस्पर्धा हुनेछ । तेस्रो स्थानमा रहेका प्रकाशमान सिंह, चौथो स्थानमा रहेका बिमलेन्द्र निधि र पाँचौ स्थानमा रहेका कल्याण गुरुङ भने सभापतिको दौडबाट बाहिरिएका छन् । दोस्रो चरणको चुनाव आजै गर्ने तयारी गरिएको छ । 

 

सम्बन्धित विषय:

प्रतिक्रिया
सम्बन्धित समाचार