शुक्रवार, आश्विन २३ गते २०८३

माओवादी केन्द्र कर्णाली प्रदेश अध्यक्षमा विमला केसी चयन

बुधवार , मंसिर २९, २०७८

काठमाडौं। नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) कर्णाली प्रदेशको अध्यक्षमा विमला केसी निर्वाचित भएकी छन्। माओवादी केन्द्रको प्रथम प्रदेश सम्मेलनबाट केसी अध्यक्ष निर्वाचित भएकी हुन्। केन्द्रीय सदस्यबीच प्रदेश अध्यक्षमा सहमति हुन नसकेपछि प्रदेश समिति सदस्यहरुबाट पदाधिकारी चुन्ने विधि बनाइएको थियो।

अध्यक्षमा सहमति जुटे पनि अन्य पदाधिकारीमा भने अझै सहमति जुट्न सकेको छैन। अन्य पदाधिकारी चयनका लागि छलफल चलिरहेको माओवादी केन्द्रले जनाएको छ। पूर्वभूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री समेत रहेकी रुकुम पश्चिमकी केसी कर्णाली प्रदेशसभा सदस्य हुन्। अखिल नेपाल महिला संघ (क्रान्तिकारी)को कर्णाली प्रदेश इन्चार्जसमेत रहेकी उनले माओवादी सशस्त्र संघर्षमा भूमिगत भएर विभिन्न भूमिका निर्वाह गरेकी थिइन्।

सम्बन्धित विषय:

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार